११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेलायतमा पनि कोरोना भाइरसबाट १० हजारभन्दा बढी मानिसको मृत्यु, ८४ हजारभन्दा बढी संक्रमित


0
Shares

एजेन्सी, चैत्र ३० । बेलायतमा कोरोना भाइरसबाट १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

आइतबार साँझसम्म बेलायतमा १० हजार ६ सयभन्दा बढीको ज्यान गएको हो । यो भाइरसबाट १० हजार बढी मानिसको मृत्यु हुने बेलायत पाँचौँ देश हो ।

अमेरिकामा सबैभन्दा बढी २१ हजार ४ सयभन्दा बढी, इटालीमा १९ हजार ४ सयभन्दा बढी, स्पेनमा १६ हजार ९ सयभन्दा बढी र फ्रान्समा १३ हजार ८ सयभन्दा बढी व्यक्तिले यसैका कारण ज्यान गुमाएका छन् ।

बेलायतमा ८४ हजार २ सयभन्दा बढी संक्रमित हुँदा संसारभर यो संख्या १८ लाख ५ हजार नाघेको छ । बेलायतमा आइतबार पनि ७ सय ३७ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका कारण एक लाख ११ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।