१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तुलसीपुर उपमहानगरमा मेयर र उपमेयरमा एमालेकाे अग्रता


2.093k
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार टिकाराम खड्काले ११ हजार ९ सय १८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ।

उहाँलाई नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ६ सय १० मत प्राप्त गर्दै पछ्याई रहनुभएकाे छ ।

साथै जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार टोपबहादुर महतराले २ सय ७ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर जगधनी चौधरीले ५ सय १४ मत प्राप्त गर्नुभएको छ।

साेही उपमहानगरपालिकाकाे उपमेयरमा नेकपा एमालेकी उम्मेदवार स्यानी चौधरीले ११ हजार १ सय ७४ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ। उहाँलाई नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार जोगबहादुर राणाले ८ हजार ८ सय ९७ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ।

साथै जनता समाजवादी पार्टीका उपमेयरका उम्मेदवार धनसरा बिकले १ सय ७९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पर्टीका उपमेयरका उम्मेदवार प्रेमबहादुर शाहले ९ सय ६२ मत प्राप्त गर्नुभएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा २८ हजार ६ सय ७० मत गणना भइसकेकाे छ।