
हेटौंडा । हेटौडा उपमहानगरपालिकामा विजयी गठबन्धनका उम्मेदवारहरूले विजय जुलुस गरिरहेका छन् ।
हेटौंडामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)की मिना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत ल्याएर विजयी हुनुभयो ।
प्रमुख पदमा लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त पाउनुभएको थियो भने बानियाँका निकटतम प्रतिद्वन्दी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा उपप्रमुख पदमा मिना लामा बिजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्