
काठमाडौं । सलोन बस्नेत र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ असार १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
चलचित्र निर्माण टीमले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शन हुने जनाएको हो ।
फिल्ममा बस्नेत, र मल्लको अलावा सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।
जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको चलचित्र भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् ।
अर्जुनसिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन गरेको चलचित्रमा प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी र सुसन प्रजापतिको छायांकन रहेको छ ।
चलचित्रकाे ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्