
नवलपरासी । जिल्लामा नेपाली कांग्रेसबाट सबैभन्दा बढी ३५ प्रतिशत जनप्रतिनिधि चुनिएका छन् ।
३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका हुन् ।
कांग्रेसले प्रमुख र उप–प्रमुखमा ३/३ पालिका जितेको छ । ३४ वडामा वडाध्यक्ष र १ सय ३४ सदस्य जितेको छ ।
एमालेबाट ३ प्रमुख र २ उप–प्रमुखसहित १ सय ९ जनप्रतिनिधि चुनिँदा २८ प्रतिशत उसको भागमा परेको छ । जसमा १६ वडाध्यक्ष र ८८ जना वडा सदस्य रहेका छन् ।
माओवादी केन्द्रले १÷१ प्रमुख र उप–प्रमुखसहित ३० जनप्रतिनिधि जितेको छ । जसमा ७ वडाध्यक्ष र २१ जना सदस्य रहेका छन् ।
राप्रपाको तर्फबाट १ उप–प्रमुख, ६ वडाध्यक्ष, २३ वडा सदस्य गरी जम्मा ३० जना जनप्रतिनिधि विजयी भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले ६ वडाध्यक्ष र १८ सदस्य गरी २४ जनप्रतिनिधि जितेको छ ।
लोसपाबाटद १ वडाध्यक्ष र ४ सदस्य गरी ५ जनप्रतिनिधि बनेका छन् भने जनता प्रगतिशिल पार्टी(जप्रपा)ले १ वडाध्यक्ष र ४ सदस्य गरी ५ जनप्रतिनिधि जितेको छ ।
नेकपा एकीकृत समाजवादी(एस) ले १ वडाध्यक्ष र २ सदस्य गरी ३ जना जनप्रतिनिधि जित्दा स्वतन्त्रबाट २ जना वडाध्यक्ष र २ जना सदस्य गरी ४ जनाले जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्