१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं


2.574k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङ्ख्या ६ सय ९२ पुगेको छ ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ६ पालिका प्रमुख र २ सय ८१ पालिकाको उप–प्रमुख जितेको छ ।

नेकपा एमालेले १ सय ८८ पालिका प्रमुख र २ सय १२ उप–प्रमुख जित्दा नेकपा (माओवादी केन्द्र)ले १ सय १९ प्रमुख र १ सय २१ उप–प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उप–प्रमुख जित्दा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २७ पालिका प्रमुख तथा १८ उप–प्रमुख जितेका छन् ।

मतगणना भइरहेका पालिकामध्ये कांग्रेस १९ ठाउँमा अगाडि छ भने एमाले १८ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र २, जसपा ८, एकीकृत समाजवादी २, लोसपा अन्यले ६ पालिकामा अग्रता लिएका छन् ।