
एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषले आफूलाई छोरा दाबी गर्ने एक दम्पतीविरुद्ध मानहानीको मुद्दा लगाउने चेतावनी दिएका छन् ।
तमिलनाडुस्थित मदुरैका एक दम्पतीले धनुष आफ्नो छोरा भएको दाबी गर्दै पाँच वर्षअघि मुद्दा दायर गरेका थिए । दायर मुद्दाको सुनुवाइका लागि अदालतले धनुषलाई मद्रास उच्च अदालत बोलाएको थियो ।
अदालतमा उपस्थित भएका धनुषले ती दम्पत्तीलाई सूचना पठाउँदै आफ्नो बारेमा गलत, झुट र भ्रामक कुरा नगर्न आग्रह गरेका छन् । साथै उनले यो क्रम नरोकिए मानहानीको मुद्दाको लागि तयार रहन चेतानी दिएका हुन् ।
छोरा दाबी गर्ने दम्पत्तीले धनुष आफूहरूको तेस्रो सन्तान रहेको र फिल्म खेल्ने तीव्र इच्छाका कारण घरबाट भागेको बताएका छन् । यसअघिको मुद्दामा धनुषले गलत नमूना परीक्षण रिपोर्ट अदालतमा पेश गरेको उनीहरूको आरोप छ ।
गलत रिपोर्ट पेश गरिएकाले सन् २०२० मा अदालतले मुद्दा खारेज गरिदिएको उनीहरूको दाबी छ । उनीहरूले धनुषलाई आफ्नो छोरा भएको दाबी गर्दै पुनः मुद्दा दायर गरेका छन् । सोही मुद्दापछि धनुषले दम्पतीलाई चेतावनी दिएका हुन् ।
पेशागत र व्यक्तिगत जीवनका कारण धनुष बारम्बार चर्चामा आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्