
एजेन्सी । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
उहाँले पूर्व प्रधानमन्त्री समेत रहनुभएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
उहाँले आफूले भने यही मे १० मा सपथ लिनुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।
उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो ।
त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो ।
प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्