
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकाले गर्भवती महिलालाई मासिक १ हजारका दरले पोषण भत्ता दिने भएको छ ।
नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण लगत्तै बच्चाको स्वास्थ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको हो ।
गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिलाले मात्र भत्ता पाउनेछन् ।
यसले गर्भवती महिलालाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने तथा गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष सुब्बाको भनाइ छ ।
सुब्बाले यो बिषयलाई आफ्नो घोषणपत्रमा समेत समेट्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्