१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयर लगानीकर्ताले अब टिएमएस चलाएको पनि पैसा तिनुपर्ने


3.887k
Shares

काठमाडौं । अब लगानीकर्ताले अनलाइन कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाए वापत पनि पैसा तिर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ लाई तेस्रो पटक संशोधन गर्दै टिएमएस सेवा दिए वापत अधिकतम् १ सय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

डिम्याट शुल्क, मेरो शेयर शुल्क, सीआश्वा शुल्क तिर्नु परिरहेका शेयर लगानीकर्तालाई अब अर्को आर्थिक भार पनि थपिने भएको हो ।

हालसम्म लगानीकर्ताले निःशुल्क रूपमा टिएमएस चलाएकोमा अब भने यस सेवा दिए वापत ब्रोकरहरूले पैसा उठाउन सक्ने भएका हुन् ।

नेप्सेले हालसम्म संशोधित विनियमावली लागू गर्ने मिति भने तोकिसकेको छैन ।

संशोधित नियमावलीमा ब्रोकरले आफ्नै टीएमएस बनाएर सेवा दिन सक्ने व्यवस्था गरिएको छ । हाल ब्रोकरहरूले नेप्सेको टिएमएस चलाउँदै आएका छन् ।