१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल–पाकिस्तानबीच हवाई उडानको व्यवस्था गर्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे


286
Shares

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवर्द्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवर्द्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरूले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यमबाट पर्यटन प्रवर्द्धनम महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पार्नुभयो ।

राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गर्नुभयो ।