२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युगान्डाविरुद्धको अन्तिम टी–ट्वान्टीमा नेपाल विजयी


156
Shares

काठमाडौं । युगान्डाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल ३४ विजयी भएको छ ।

१ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रनमा समेटियो ।

उसका लागि रिता मुसामालीले २६, केभिन अविनोले १५, शाकिरा सदिकले १३ र जनेत एम्बाजीले १० रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका इन्दु बर्मा र सीता रानामगरले दुई–दुई तथा अस्मिना कर्माचार्य र हिरन्मायी रोयले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।

उसका लागि ज्योति पाण्डेले ४९, कविता जोशीले १८, सीता रानामगरले १७ र अप्सरी बेगमले ११ रन ल्याइन् ।

युगान्डाकी कोन्सी अवेको र फियोना कुकुमीले एक–एक विकेट लिइन् ।

पाँच खेलको श्रृंखला यसअघि नै युगान्डाले जितिसकेको छ । आजको खेलसँगै उसले श्रृखंला ३–२ ले विजयी भएको हो ।

पहिलो तीन खेल लगातार युगान्डाले जितेकोमा पछिल्लो दुई खेल नेपालले जितेको हो ।