
एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘भुल भुलैया २’ ले एक दिनमा १४ करोड ११ लाख रुपैयाँ कमाइ गरेको छ ।
कमेडी र हरर मिश्रित फिल्मलाई दर्शक र फिल्म समीक्षकले रुचाएका छन् भने कार्तिकको अभिनयलाई पनि उत्कृष्ट भनेका छन् ।
ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल ट्वीटरमार्फत फिल्मको पहिलो दिनको कमाइ १४ करोड ११ लाख भारतीय रुपैयाँ रहेको जानकारी गराएका हुन् ।
भारतमा मात्र करिब ३२ सय भन्दा बढी स्क्रिनमा प्रदर्शन गरिएको फिल्ममा कार्तिकसँगै तब्बु, कियारा अडवाडी, राजपाल यादव र संजय मिश्रा लगायतका कलाकारको मुख्य भूमिका छ ।
अनिस बज्मीले निर्देशन गरेको फिल्मलाई भुषण कुमारले निर्मााण गरेका हुन् ।
फिल्म ‘भुल भुलैया २’ १४ वर्ष अघि आएको अक्षय कुमारद्वारा अभिनित सुपरहिट फिल्म ‘भुल भुलैया’ को दोस्रो भाग हो ।
प्रतिक्रिया दिनुहोस्