१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा रेनुको अग्रता कायमै, जगन्नाथ पौडेलकाे १० हजार ९७८ मत


2.444k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले अग्रता कायम राख्नुभएको छ ।

७९ हजार ९१० मतको गणना गर्दा उहाँले ६ हजार ५०० मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ३१ हजार १२२ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याउनुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाउनुभएको छ ।

अधिकारीले ३३ हजार ५३१ मत ल्याउनुभएको हो ।

भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ ।