
काठमाडौं । सरकारले आयातमा कडाई गरे पनि चालु आर्थिक वर्षको दश महिनामै झण्डै १६ खर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ ।
गत आर्थिक वर्षको भन्दा ६४ अर्बले बढी आयात हुँदा दश महिनाको अवधिमा अहिलेसम्मकै सर्वाधिक आयातको रेकर्ड पनि बनेको छ ।
यो अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल राष्ट्र बैंकले सय भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा पनि आयातको हिस्सा नघट्दा ब्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको छ ।
आयातमा सबैभन्दा ठूलो हिस्सा भने पेट्रोलियम पदार्थकै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्