
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ ।
हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ ।
नेकपा एमालेले १९० पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा विजयी हुँदा १२३ उपप्रमुख जितेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले २६ पालिका प्रमुख र २९ उपप्रमुख आफ्नो पक्षमा पारेको छ । नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ । राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ पालिका प्रमुख जितेका छन् ।
मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १३ ठाउँमा अगाडि छ भने एमाले १६ ठाउँमा अगाडि छ । यस्तै, माओवादी केन्द्र १, जसपा ५, एकीकृत समाजवादी २, लोसपा ५ र अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्