१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माछा मार्ने क्रममा खोलामा डुबेर काका र भतिजको मृत्यु


936
Shares

अर्घाखाँची । अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ ।

शितगंगा नगरपालिकाको शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षिय नुमराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

खोलामा माछा मार्न जाल बोकेर खोलामा पुगेका उनीहरु माछा मार्ने क्रममा खोलाको रहमा डुबेका थिए ।

स्थानीयले शव खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धानसमेत भैरहेको प्रहरीको जनाएको छ ।