
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभयो ।
आइतबार पुस्तक लोर्कापण कार्यक्रममा आयोगका पूर्वउपाध्यक्ष वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभएको हो ।
उहाँले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘आफ्नै कुर्सिमात्रै जोगाउने स्थिरताले त केही दिदो रहेन छ । नीतिगत सुनिश्चितता त्यो चाहीँ हुनुप¥यो । सरकारको तिन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्तत्ः पद्धती र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’
प्रतिक्रिया दिनुहोस्