१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘विकासका लागि ५ को नभई २५ वर्षको योजना बनाउनुपर्छ’


273
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताउनुभयो ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताउनुभयो ।

नेपालमा विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा काम गर्न नीतिको कमी नभएपनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले २५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजना अनुसार काम निरन्तर अगाडी बढाइराख्न सजिलो हुने बताउनुभयो ।