२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बनेपामा एमालेले गर्‍यो शपथ बहिष्कार


7.176k
Shares

काठमाडौं । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

नगरपालिकाको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले बताउनुभयो ।

१४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित हुनभएको थियो । नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसक्नु भएको छ ।

विभिन्न जिल्लाका अन्य स्थानीय तहहरूमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने क्रम चलिरहेको छ ।