
बारा । बाराको स्थानीय तहका निर्वाचित प्रमुखहरुले आइतबार कलैया अदालतमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायाधिश खिलनाथ रेग्मीले जिल्लाको १६ मध्ये १२ स्थानीय तहको प्रमुखलाई सपथ गराउनुभएको हो ।
विवाद कारण स्थगित भएको पचरौता नगरपालिकामा पुनः निर्बाचन भएको हुँदा अन्तिम मत परिणम आउन केही दिन लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पहिलो चरणमा सपथग्रहण गर्नेहरुमा जिल्लाको २ उपमहानगरमध्ये जितपुर सिमराका प्रमुख राजन पौडेल, कलैयाका प्रमुख बिनोद साह लगाएत १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष रहेका छन् । बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्