
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ ।
राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित हुनुभएको हो ।
राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गर्नुभयो । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाउनुभयो । धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्