
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
आज (साेमबार) बिहान बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अन्य भू-भागमा भने आंशिकदेखि सामान्यता सफा रहेको छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
साेमबार राती भने लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्