
एजेन्सी । फ्रान्समा १७ मे देखि सुरू भएको कान्स फिल्म महोत्सव रेड कार्पेटमा महिलाहरू रुसको विरोध गर्दै युक्रेनकोे समर्थनमा उत्रिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार रुसी सेनाको विरोध गर्दै महिलाहरूले स्मोक ग्रिनेड अर्थात धुवाँका ग्रिनेडहरू रेड कार्पेटमा फ्याँकेका थिए । कार्यक्रम चलिरहँदा रेड कार्पेटमा कालो पहिरन लगाएका महिलाहरूको समूहले युक्रेनको समर्थनमा ब्यानर लहराएर र बम जस्तो बस्तु फ्याँके, जसका कारण कार्यक्रम भइरहेको हलमा धुवाँले भरियो । युक्रेनको समर्थन गर्दे हलमा प्रवेश गरेका उनीहरूले लहराएको ब्यानरमा महिलाहरूको नामको सूचि थियो ।
सूचिमा रहेका महिलाहरूको नाम फ्रान्समा श्रीमानद्वारा दुर्व्यवहारमा परेका महिलाहरूसँग मिल्दोजुल्दो थियो । ती महिलाहरू घरेलु हिंसामा मारिएका थिए ।
यसैगरि गत शुक्रबार एक युवतीले कार्यक्रम भइरहँदा आफू नग्न बनेर युक्रेनको समर्थनमा रेड कार्पेटमा पुगेकी थिइन् । उनले आफ्नो शरीरमा निलो र पहेंलो रङले युक्रेनको झण्डा बनाएकी थिइन् र कालो रङले ‘बलात्कार बन्द गर ’ लेखेकी थिइन् । युक्रेनका महिलामाथि रुसी सैनिकले गरेको भनिएको यौन हिंसाको विरोधमा उनले यस्तो शौली अपनाएकी हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्रान्समा भैरहेको ७५ औँ कान्स फिल्म फेस्टिवलाई सम्बोधन गरेका थिए । यसैबीच राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनप्रति निरास हुँदै मानिसबीचको घृणा अन्त्य हुने र तानाशाहको मृत्यु हुने बताए । उनले कार्यक्रम उद्घाटनमा फिल्म निर्माताहरूलाई फाँसीवादमा कमेडी फिल्म बनाउन पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्