१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीका पालिका प्रमुख र अध्यक्षलाई शपथग्रहण


1.456k
Shares

सर्लाही । जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।

जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरूले आ–आफ्नो पालिकामै उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहण गराउनेछन् । गत वैशाख ३० गते भएको मतदानबाट सर्लाहीमा ११ नगरपालिका र ९ वटा गाउँपालिकामा जनप्रतिनिधि चयन भएका छन् ।

निर्वाचनबाट सर्लाहीका ११ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित २२ जना, नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १८ जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन् ।