१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीका मेयर हमालद्वारा पदभार ग्रहण, विकासका लागि पञ्चवर्षीय योजना


130
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमाल पदभार सम्हाल्नुभएको छ ।

स्वतन्त्रबाट चुनाव जित्नुभएका उहाँलेसोमबार सपथग्रहण गरेलगत्तै उपमहानगरपालिकाको कार्यालयमा गएर पदभार सम्हाल्नुभएको हो ।

उहाँलाई बिहान १० बजे मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जिल्ला अदालतको हलमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

नवनिर्वाचित नगर प्रमुख हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने पहिलो निर्णय गर्नुभएको छ ।

पदभार ग्रहण गरेसँगै उहाँले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गर्नुभएको हो ।

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आर्थिक वर्ष २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।