
धनकुटा । जिल्लाका १ महिनामा ११ जनाले आत्महत्या गरेका छन् ।
२०७९ बैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आत्महत्या गर्नेमा १५ देखि २५ वर्ष उमेर समूहका ७ जना, ४५ वर्षको १ जना, ५० देखि ५५ वर्ष उमेर समूहका २ जना, ८२ वर्षीय एक वृद्धले आत्महत्या गरेका हुन् ।
त्यस्तै लडेर २ जना, डुबेर १ जना, सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्