२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रौतहटको बृन्दावन नगरको प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार विजयी


351
Shares

रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा विनोदप्रसाद कुर्मीले ६ हजार १ सय १२ मत र उप–प्रमुखमा संगीताकुमारी रामले ५ हजार ७ सय ७२ मत ल्याएर विजयी भएका हुन् ।

प्रमुख पदका कुर्मीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादबले ४ हजार ६ सय ७८ उप–प्रमुखमा रामकी निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले ४ हजार ६ सय ८८ मत ल्याए ।

यस्तै, नगरको ९ मध्ये पाँचवटा वडामा एकीकृत समाजवादी जित्दा तीन वडामा नेकपा (माओवादी केन्द्र)ले र बाँकी एउटामा नेकपा (एमाले)ले जितेको छ ।