
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् ।
एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
सोमबार बिहानै सपथ ग्रहण गरेका मेयर पाण्डेले उपमेयर सहितक जनप्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो ।
निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख गुमादेबी आचार्यले नवनिर्वाचित मेयर पाण्डे र उपप्रमुख अर्याललाई पदस्थापन गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख पाण्डेले पहिलो निर्णय नै सुकुम्बासी समस्या समाधान गर्ने गर्नुभएको छ । पदभार ग्रहण गर्दै पहिलो निर्णय नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासिको समस्या समाधान गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
बुटवल क्षेत्रका सुकुम्बासी भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन ब्यवस्थापन गर्नका लागि बसोबास गरेकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने, नाप तथा नक्सान्कनको काम गर्ने निर्णय भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो पटक तीन चरणमा स्थानीय तहको निर्वाचन भएको बताउदै एकैपटक निर्वाचन गर्नु चुनौतीपूर्ण रहेको अवस्थामा निर्वाचन भएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले आफुहरुले संविधानलाई अक्षरस पालना गरेको बताउँदै अर्को निर्वाचनपनि मंसिरमै हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेश सरकारले आवश्यकता अनुसारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सुकुम्बासी समस्यालाई समयमै समाधान गर्ने नवनिर्वाचित प्रमुख खेलराज पाण्डेको अभिव्यक्तिको प्रसम्सा गर्दै आवश्यक सहयोग गर्दै जाने बताउनुभयो । उहाँले उपप्रमुख साबित्रा अर्यालले बुटवलका बजारको अनियमितको अनुगमन गर्ने निर्णयको प्रसम्सा गर्दै अहिलेका चुनौती समाधान गरेर सहकार्य गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्