१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्छ : थममाया थापा


5.031k
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने बताउनुभयो ।

पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री समेत रहनुभएकी एमालेकी सांसद थापाले पीडितलाई न्याय दिने र पीडकलाई कडा कारबाही हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता खालको घटनाहरु फेरि पनि नदोहोरिनका लागि एउटा सशक्त कानून बनाउन सकिन्छ भन्ने कुरालाई विद्यमान कानूनमा हुर्नुपर्छ । र, यसलाई हदम्यादै नराख्ने भन्ने कुरा भएन । हदम्याद त राख्नै पर्ने हुन्छ । किनभने कानूनमा त्यसलाई छोडिदिएर हुँदैन । त्यसकारण हदम्याद पनि राख्नुपर्‍यो । महिलाहरु जुन हिंसामा परिराखेका छन, त्यसलाई कसरी रोक्न सकिन्छ ? भन्ने विषयमा पनि भएका कानूनलाई परिमार्जन गर्नु पर्‍यो । र, कडा कानून बनाउनुपर्‍यो । जसकारण पीडितले न्याय पाउन र पीडक कोही पनि नछुटून ।’