
भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले नगरपालिका भित्रका विपन्न परिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय गर्नुभएको छ ।
भोजपुरमा सोमबार पदबहाली गर्दै विद्युत लाइन जडान, ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
मेयर आलेले सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युतको तार हटाएर एबीसी केवल लगाउने सहित तीन वटा नीतिगत निर्णय भोलिबाट कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
विगतको अनुभवका आधारमा नगरपालिकालाई विकसित र समृद्ध बनाउन सम्पूर्ण जनप्रतिनिधि, सरोकारवाला र कर्मचारीहरुको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्