
काठमाडौं । काठमाडौंको भोटेबहालस्थित एक घरमा सोमबार आगलागी भएको छ ।
विद्युतीय उपकरणको गोदाममा आगलागी भएको हो । दिउँसो करिब तीन बजेतिर आगलागी भएपछि न्युरोडस्थित जुद्ध वारुण यन्त्रले आगो नियन्त्रणमा लिन प्रयास गरेको थियो ।
पछि ललितपुर महानगरपालिका र शसस्त्र प्रहरीको दमकल र नेपाल प्रहरीले करिव डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीका कारण चार वटा कोठाको गोदामभित्र रहेको विद्युतिय सामग्री र उपकरण जलेर नष्ट भएको छ ।
आगलागीबाट करोडौंको क्षति भएको बताएको छ । आगलागी विद्युत सट भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानविय क्षति भएको छैन् ।
प्रतिक्रिया दिनुहोस्