
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ७५३ मध्ये अहिलेसम्म ७३६ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । अब १७ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
अहिलेसम्म घोषित परिणाम अनुसार नेपाली कांग्रेस ३२२ पालिका प्रमुखमा विजयी भएको छ । यसैगरी, नेकपा एमालेले २०१ स्थानीय तह जितेको छ भने नेकपा माओवादी केन्द्रले १२० प्रमुख जितेको छ ।
जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहको प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले १८ तथा लोकतान्त्रिक समाजवादी पार्टीले १६ ठाउँमा जित निकालेको छ ।
राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४/४ पालिका प्रमुख जितेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १८ पालिका प्रमुख जितेका छन् ।
मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ४ ठाउँमा अगाडि छ भने एमाले ४ ठाउँमा अगाडि छ । यस्तै, जनता समाजवादी पार्टी ३, माओवादी केन्द्र २ तथा एकीकृत समाजवादी एक ठाउँमा अगाडि छन् । एक ठाउँमा भने स्वतन्त्र उम्मेदवारले अग्रता लिईरहेका छन् ।
अहिले देशका १५ ठाउँमा मतगणना जारी छ । बाजुराको बूढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा भने विवादका कारण मतदान नै विथोलिएको छ । ती दुई स्थानमा कहिले पुनः मतदान गराउने भन्ने निर्णयमा निर्वाचन आयोग समेत पुग्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्