
Web Pic
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा सोमबार साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री स्थानीय ७० वर्षीय लाल बहादुर वि.क.लाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्