
झापा । झापाको मेची नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मेयर र उपमेयर दुवै पदमा विजयी हासिल गरेको छ ।
मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीलाई पछि पार्दै एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित बन्नु भएको हो । मेयरमा निर्वाचित गोपालचन्द्रले २६ हजार ४७८ मत प्राप्त गर्नुभयो भने कांग्रेससहितका गठबन्धन दलको तर्फबाट उम्मेद्वार बन्नु भएका इन्द्रबहादुरले २१ हजार ३११ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपमेयर पदमा पनि एमालेकी मीना कुमारी पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का प्रकाश भण्डारीलाई पछि पार्नु भएको हो । भण्डारीले १२ हजार ८१८ मत प्राप्त गर्दा उपमेयर पदमा निर्वाचित पोखरेलले २१ हजार ५९० मत प्राप्त गर्नुभयो ।
१५ वटा वडा रहेको यो नगर जिल्लाकै धेरै मतदाता भएको नगरपालिका हो । ९० हजार २०२ जना मतदाता रहेको यो नगरमा ३० हजार ३८६ जना पुरुष र ३२ हजार ९५३ महिला मतदाता गरी जम्मा ६३ हजार ३३९ मतदातााले मतदान गरेका थिए ।
यो नगरमा एमालेका तर्फबाट १, २, ३, ४, ५ नम्वर वडामा क्रमशः राम कुमार राई, दिपक बराल, हर्क वहादुर बस्नेत, अर्जुनकुमार कार्की, कनक वहादुर कार्की वडाध्यक्षमा निर्वाचित हुनुभयो ।
त्यस्तै वडा नम्वर ६ मा कांग्रेसबाट ललितवहादुर तामाङ निर्वाचित हुनुभयो । वडा नम्वर ७ मा एमालेबाट प्रह्लाद ओली, ८ मा कांग्रेसबाट गिरीराज धमाला, ९, १०, ११, १२ र १३ नम्वर वडामा एमालेका क्रमशः कञ्चन कुमार तामाङ, नारायण खनाल, रुद्र प्रसाद डाँगी, मधु सुदन निरौला, कृष्ण सिग्देल वडाध्यक्षमा निर्वाचित हुनुभयो ।
मेचीनगर–१४ मा माओवादी केन्द्रका बाबुलाल सुब्बा निर्वाचित हुनुभयो भने १५ मा कांग्रेसका गुणराज भट्टराई वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
प्रतिक्रिया दिनुहोस्