
फाइल तस्बिर
काठमाडौं । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।
गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उहाँले बताउनुभयो ।
सो अवधिमा स्वास्थ्य पचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमति प्राप्त हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्