१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालबालिकाको पीडा देखेर भावुक भएका अज्ञात व्यक्तिले दिए ४ करोड


611
Shares

एजेन्सी । आयरल्याण्डका मानिसहरूले ४ बालबालिकाले ६ महिनामै आफ्ना आमाबुबा गुमाएको पीडाडायी कथा सुनेपछि ती बालबालिकाका लागि ४ करोड जम्मा गरेका छन् ।

ती चार बालबालिकाको पीडादायी कथा सुनेपछि भावुक भएका आयरल्याण्डका नागरिकहरुले उनीहरुको जीवन निर्वाहका लागि रकम जम्मा गरेका हुन् ।

क्राउड फन्डिङमार्फत उदार मन भएका व्यक्तिहरूले बालबालिकालाई सहयोग गर्न भन्दै करीब ४ करोड भन्दा बढी रकम जम्मा गरेका हुन् । आयरल्याण्डका ५ वर्षिय कोनोर क्लिफर्ड, ८ वर्षिय एन्ड्रयू, १४ वर्षिय ज्याक र २१ वर्षिय प्याट्रिक गरी यी ४ जना दाजुभाईले ६ महिनाभित्र आफ्ना आमाबुबा गुमाएका थिए । यी बालबालिकाहरूलाई सहयोग गरिरहेका ती मानिसहरूले बालबालिबाको पीडा मेटाउन नसकिने बताएका छन् । ती ४ जना दाजुभाइलाई सहयोग गर्ने मानिसहरुको नाम भने गोप्य राखिएको छ । बेलायती पत्रिका ‘द मिरर’ का अनुसार –आयरल्याण्डका मानिसहरूले ती बालबालिकाका लागि पैसा जम्मा गर्न थालेका छन् । ताकि उनीहरु भोलि आफ्नो घरमा बस्न सकुन् ।

ती उनीहरुकी आमा इलिन क्लिफर्डको आफ्नो जन्मदिनको ठिक एक दिन अघि २८ अगस्त २०२१ मा मृत्यु भएको थियो । उनी क्यान्सरबाट पीडित रहेकी थिइन् । आमाको मृत्युको केही सातापछि उनीहरूको ४६ वर्षिय बुबा पादे्रग पनि बिरामी हुदै गए । स्वास्थ्य परीक्षणमा पादे्रगमा पनि क्यान्सर भएको पाइयो । क्यान्सरकै कारण उनको जनवरी २०२२ मा मुृत्यु भएको थियो । त्यसपछि ती चारैजना दाजुभाई बेसहारा भएका थिए ।

पहिला त्यहाँका मानिसहरूले यस्तो घटनालाई विश्वास नै गर्न सकेका थिएनन् । तर, पछि उनीहरूले ती ४ जनालाई सक्दो सहयोग गरिरहेका छन् ।