४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा १६ अंकले वृद्धि


78
Shares

काठमाडौं । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार मंगलबार दोहोरो अंकले सकारात्मक रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंक बराबरले सकारात्मक रहेर २२ सय १७ कायम भयो ।

कारोबार भने थप खुम्चिएर अर्ब हाराहारीमै सीमित रह्यो । यस दिन व्यापार र सामूहिक लगानी कोष नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे ।

जीवन बीमा समूह सबैभन्दा उच्च ७६ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूह पनि ६० अंकले बढ्दा बाँकी धेरैजसो समूह दोहोरो अंकले सकारात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको ३१ लाख बराबर कित्ता शेयर जम्मा १ अर्ब ८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ४९ कम्पनीको शेयर मूल्य बढ्दा ३८ को घट्यो भने ५ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।