
इलाम । इलाम नगरपालिकाका नवनिर्वाचित मेयर केदार थापाले दीर्घ रोगी र असहाय विपन्न परिवारका विरामीको उपचारका लागि स्वास्थ उपचार कोष खडा गर्ने निर्णय गर्नु भएको छ ।
थापाले पदभार ग्रहण गर्दै स्वास्थ्य, शिक्षा, सडकलगायत विकास निर्माणसहितका ९ वटा निर्णयहरु गर्नुभएको छ ।
सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट गर्ने, व्यवासाय कर अन्र्तगत होटलमा १० प्रतिशत र अन्यमा ५ प्रतिशत छुट गर्ने कार्यसुची रहेको छ । यस्तै नगरमा २४ घण्टे नगरपालिका स्वास्थ हेल्प डेक्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।
शासक नभइ सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउँदै थापाले जनताले अपेक्षा गरे अनुसारको समुन्नत र संवृद्ध इलाम निर्माणलाई प्रथामिकतामा राखिने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्