
काठमाडौं । सरकारले भैरहवालाई विशेष आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भैरहवालाई आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने बताउनुभयो ।
भैरहवा र नेपालगञ्जको एकीकृत जाँचचौकीको निर्माण छिटो सक्ने पनि सरकारको नीति रहेको छ ।
आधारभुत र जीवनरक्षक औषधि, अक्सिजन, खोप र औषधिजन्य पदार्थको उत्पादनमा जोड दिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
साना उद्योगका लागि उद्यमशीलता विकास, वित्तिय पहुँच, उत्पादनको बजारीकरणका लागि सहजीकरण गरी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
विद्युतीय व्यापार प्रणालीको विकास गरी नेपाली उत्पादनलाई नीतिगत सुधार गरी प्रभावकारी कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
पेट्रोलियम आपूर्तिको मूल्य निर्धारण स्वचालित गरिने भन्दै सरकारले सहज आपूर्तिका लागि थप काम गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्