२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


महालक्ष्मी नगरपालिकाका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा


195
Shares

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वाथ्य बिमा गरिदिने भएको छ ।

धनकुटाका नवनिर्वाचित मेयर ध्रुव रायले औपचारिक पदभार ग्रहण गर्दै विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्ने विपन्न परिवार, अल्पसंख्यक, दलितको नि:शुल्क स्वास्थ्य बिमा गराइने नवनिर्वातिच मेयर ध्रुव रायले बताउनुभयो ।