
काठमाडौं । मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू नहुने भएको छ ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै गतवर्ष चैत २५ गतेदेखि लागू भएको आचारसंहिता जेठ १० गतेदेखि लागू नहुने जनाएको हो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अब केही स्थानीय तहको मात्र निर्वाचन परिणाम आउन बाँकी छ ।
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्