
काठमाडौं । कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आ.व. २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताउनुभएको हो ।
त्यस्तै हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायिक बनाइने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवद्र्धन गरिने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमै सुरक्षण मुद्रणको काम सुरु गर्न आधुनिक प्रविधिको उपयोग र क्षमता विस्तार गरिने पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्