२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने


286
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरिएको हो ।

त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।