८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बजेटमाथिको छलफलमा सक्रिय सहभागी हुन सांसदलाई अध्यक्ष दाहालको निर्देशन


299
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय रुपमा सहभागी हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति र निर्देशन अनुसार नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय सहभागी भई पारित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

बैठकमा अध्यक्ष दाहालले पार्टीका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको आशयबारे पनि जानकारी गराउनु भएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका सांसदहरुले दिएका सबै सुझावहरुलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।

पार्टीका सांसदहरुले बजेटबारे सुझाव दिएको र ती सबै सुझावलाई पनि समेटेर बजेट ल्याउने जवाफ अर्थमन्त्री शर्माले दिनु भएको प्रमुख सचेतक गुरुङले बताउनुभयो । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा भने समिक्षा नभएको माओवादी केन्द्रले जनाएको छ ।