
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)का आयोजकको चेतावनीप्रति खेद प्रकट गरेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा क्यानले सोमबार ईपीएल आयोजकले दिएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेट प्रकट गरेको हो ।
‘नेपाली क्रिकेटको सर्वोचच निकाय नेपाल क्रिकेट संघ(क्यान)विरुद्ध धम्कपूर्ण शैलीमा सार्वजनिक रुपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त गैरजिम्मेवार, कलोकल्पित र भ्रामक प्रचारबाजीको क्यान खेद प्रकट गर्दछ ।’
साथै विज्ञप्तिमा यस्ता भ्रामक विज्ञप्तिप्रति सचेत रहन सबै सरोकारवालालाई अनुरोधसमेत गरेको छ ।
सोमबार ईपीएल आयोजकले क्यानले देशमा एउटामात्र क्रिकेट गर्ने निर्णयको विरोध गर्दै क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको थियो ।
ईपीएल आयोजक आमिर अख्तरले आफूहरूको ठूलो लगानी डुब्ने भन्दै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्