
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा राष्ट्रपति विद्यादेबि भण्डारीप्रति धन्यवाद दिएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेको प्रतिनिधिसभा बैठकले उहाँप्रति धन्यवाद प्रस्ताव पारित गरेको हो ।
सो प्रस्ताव पारित गर्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले सो नीति तथा कार्यक्रम बैठकमा पेश गर्नु भएको थियो । यसैबीच, सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेष्ठ १२ र १३ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलका लागि दुई दिनको समय तोकिएको बताउनुभएको हो ।
बैठकले सो नीति तथा कार्यक्रमबारे दलीय प्रतिनिधिको आधारमा छलफलमा भाग लिन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्