
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बुधबार राती भने प्रदेश-१, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्