११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय


0
Shares

काठमाडौं, बैशाख २ । सरकारले दुई जना सहसचिवलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन समूहका अर्जुन पोखरेल र इन्जिनियरिङ समूहका सागर राईलाई सचिवमा बढुवा गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री युवराज खतिवडाले दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै पदस्थापन गरिएको जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाले सचिव पोखरेललाई प्रदेश २ को सचिवमा पदस्थापन गरिएको र त्यहाँका सचिव रामकृष्ण सुवेदीलाई भने सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ जानकारी दिए ।

त्यस्तै, इन्जिनियरिङ समूहबाट सचिवमा बढुवा भएका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ ।

यसै बैठकले बन्दाबन्दीलाई बैशाख १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो ।