६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ललितपुर महानगरको मेयरमा फेरी कांग्रेसका चिरीबाबु महर्जन विजयी


338
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

महर्जनले ४२ हजार ९२९ मत प्राप्त गर्दा व्यन्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्नुभयो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने हुनु भएका थिए । त्यतिबेला महर्जनले ३२६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराउनु भएको थियो ।

यसैगरी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५५२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १७ हजार ५८८ मत प्राप्त गर्नुभयो ।